रोल्पाको आगलागी भयावह: अझै आएन नियन्त्रणमा

स्वर्गद्वारी महाप्रभुकाे जन्मस्थल आगलागीकाे उच्च जाेखिममा

रोल्पाको त्रिवेणी गाउँपालिकाबाट शुरु भएको आगलागी रुन्टि र गुनाम क्षेत्रमा पुगेको छ। 

गत सोमबारबाट त्रिवेणी गाउँपालिका वडा नं. २ चेत्रे खाेलामा आगलागी हुँदा तीन दर्जन बढि घरगाेठ, धनजनलगायत पशुचाैपायाकाे क्षति भएको थियो।

रुन्टिगढि गाउँपालिका वडा नं. ९ मा सरेको आग्लागीबाट १ गाेठ जलेर नष्ट भएकाे छ। फैलिदै गइरहेको आगो हालसम्मै नियन्त्रणमा आउन सकेको छैन्।

नेपाली सेना, प्रहरी र स्थानीयवासीहरुले आगलागी रोक्ने कोसिस गरिरहेको एमालेका युवा नेता धनबहादुर बस्नेतले जानकारी दिए। 'अहिले स्थानीयहरु निक्कै त्रसित छन्, आ-आफ्नो घरगाेठलाई पहरा दिइरहेका छन्' उनले भने। 

आगलागीबाट स्वर्गद्वारी महाप्रभुकाे जन्मस्थल गाउँ उच्च जाेखिममा रहेकाे छ।


रोल्पामा भिषण आगलागी, ४२ घरगोठ जलेर नष्ट

आगलागिबाट रोल्पामा ४२ वटा घरगोठ जलेका छन्।

त्रिवेणी गाउँपालिका २ पिराले गाउँ नै सखाप भएको छ। उक्त गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेका छन्।

सोमबारबाट यस वडाका विभिन्न ५ वटा सामुदायीक वनमा आगो लाग्न सुरु गरेको थियो। हिजो साँझ ७ बजेदेखि मानविय वस्तीमै आगो लागेको थियो। २ नम्वर वडाकै बर्तिबाङ गाउँमा ९, चेत्रे गाउँमा ४ र यसै गाउँपालिकाको ३ नम्वर वडामा ३ वटा गरी ४२ वटा घरगोठ जलेर नष्ट भएका छन्।

आगलागीबाट घरमा भएका सम्पुर्ण सामानहरु जलेर नष्ट भएका छन्। १६ वटा बाख्रा, ७ वटा गाई, एउटा सुंगुर जलेर मरेका छन्। तत्कालिन नुवागाउँ गाविसका १, २, ३, ४ वडामा आगो फैलिएको छ। घर जलेपछि ३५ घरपरिवार खुल्ला आकासमुनि बसीरहेका छन्। नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपाल जस्ता राहत दिएको छ।

त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी रुन्टीगढी गाउँपालिकाको ९ नम्वर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ। सर्पाल गुनाम लगायत ठाउँका ३ सयबढी घर आगलागीको जोखिममा रहेका छन्।

आगलागी भएको वस्तीमा खानेपानी, विजुली बत्ती, अवरुद्ध भएको छ। वस्तीमा लागेको आगो नियन्त्रण आएको भएपनि जंगलमा लागीरहको आगो नियन्त्रणमा अझै पनि आउन नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय लागि परेका छन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डिएसपी सुवेदीले बताए। ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागी भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2021-04-28 19:34:00

प्रतिकृया दिनुहोस्