भारतमा काेराेना संक्रमणबाट एकैदिन ३ हजार बढीकाे मृत्यु

File Photo :  AP
File Photo : AP

भारतमा काेराेना संक्रमणबाट एकै दिन ३ हजार बढीले ज्यान गुमाएका छन्। याे संख्या हालसम्मकै उच्च हाे। 

 मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएकाे छ।

 योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  २ लाख १ हजार १ सय ६ पुगेकाे छ।

भारतमा काेराेना संक्रमणकाे दाेस्राे लहर चलिरहेकाे छ। मंगलबारमात्रै ३ लाख ६२ हजार संक्रमित थपिएका छन्।



जोगवनीको ढाट बन्द गरेर यसरी नेपाल छिराइँदैछ कोरोना 

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

दासढुङ्गाभित्र लुकेका घटना र प्रेमकथाहरु

धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता

प्रकाशित मिति: : 2021-04-28 09:23:00

प्रतिकृया दिनुहोस्