प्रवासी नेपालीलाई भारतमा महाभारत

बुधबार तीन लाख १५ हजारका साथमा भारतले कोरोना संक्रमणमा विश्वमै नयाँ रेकर्ड छोयो, यसअघि गत ८ जनवरीमा अमेरिकामा तीन लाख सात हजार केस दर्ज भएका थिए।

त्यतिन्जेलसम्मको उच्च रेकर्ड बनाएपछि अमेरिकामा संक्रमण ओरालो लागेको थियो। तर, भारत भने दिनहुँ उकालो लागिरहेको छ।

बिहीबार तीन लाख ३२ हजार, शुक्रबार तीन लाख ४५ हजार र शनिबार तीन लाख ४९ हजार नयाँ संक्रमण पुष्टि भएका छन्। आइतबार पनि मध्यरातसम्म तीन लाख ५४ हजार संक्रमित भएको तथ्यांक अपडेट भइसकेको थियो । हरेक दिन दुई हजार पाँच सयको आसपासमा मृत्यु रेकर्ड भएका छन्। 

खासगरी दिल्ली, महाराष्ट्र, गुजरातसहित भारतभरि कोभिड संक्रमण आक्रामक छ, यिनै क्षेत्रमा नेपालीको घनत्व धेरै छ । त्यसैले आमभारतीयजस्तै विभिन्न पेसा, व्यवसाय र मजदुरी गर्ने नेपालीमा पनि कोभिडको संक्रमण तीव्र भएको छ । तर, मूल निवासीले नै अस्पतालमा बेड र अक्सिजन नपाएकाले नेपालीको पीडा हिसाबमै आएको छैन। 

प्रकाशित मिति: : 2021-04-26 06:49:00

प्रतिकृया दिनुहोस्