कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरु गरेको छ।

‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ।

जिल्लामा पछिल्लो समय दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ। विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन यहाँका समुदायमा खटिएको प्रहरी टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनाका साथै भीडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको छ।

कोरोना भाइरसबारे सर्वसाधरणलाई जानकारी गराउन तथा उक्त रोगबाट बचाउनका लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

प्रकाशित मिति: : 2021-04-25 18:19:00

प्रतिकृया दिनुहोस्