हरियो बिर्को टम्म कस्सिएको प्लास्टिकको बट्टामा मोबाइल अड्याएर सोनिश अवाल नेपाली विषयको अनलाइन कक्षा लिइरहेका थिए। पेन्सिल, कलर र क्रेयन राखिएको बट्टाभन्दा सोनिसको मोबाइल अग्लो देखिन्थ्यो।
उनी प्रफुल्ल मुद्रामा कक्षा लिइरहेका थिए। उनलाई दिदी सोनियाले सहयोग गरिरहेकी थिइन्।
२०७२ सालको भूकम्पमा भक्तपुरस्थित आफ्नै घरको भग्नावशेषमा पुरिएर २२ घण्टापछि सकुशल उद्धार गरिएका बालक हुन्, सोनिश। त्यतिबेला उनी चार महीनाका थिए। अहिले कक्षा १ मा पढ्छन्।“ऊ चञ्चले र जिज्ञासु छ, हाम्रो नयाँ घर कहिले बनाउने भनेर सोधिरहन्छ,” सोनिशकी आमा रश्मिला भन्छिन्, “टोलका साथीहरूसँग खेल्न र टीभी हेर्न मन पराउँछ।”