जुही चावलाः चलचित्रबाट टाढा हुँदै, व्यवसायमा व्यस्त बन्दै

बलिउडमा एक समय राज गरेकी मोडल, मिस एन्डिया तथा अभिनेत्री जुही चावला पछिल्लो समय चलचित्रबाट टाढा छिन्।

उनले बलिउडका थुप्रै सुपरहिट चलचित्रमा काम गरिन्। विवाहपछि पनि चलचित्रबाट टाढा बस्न सकिनन्। हातमा आएका चलचित्रहरु गरिरहिन्।

तर पछिल्लो समय उनी चलचित्रभन्दा पनि व्यवसायमा व्यस्त देखिएकी छन्।

उनले अभिनेता शाहरुख खानसँग आइपीएल टिम 'कोलकाता नाइट राइडर्स'मा लगानी गरेकी छन्। त्यसको अलावा उनले आफ्नै 'ड्रिम्स अनलिमिटेड' नामक निर्माण कम्पनी पनि खोलेकी छन्।

बलिउडमा भब्य नाम र दाम कमाइरहेकी जुही के कारणले व्यवसायमा तानिइन् त ? यो उनै जुही जानुन्। तर पर्दामा उनलाई हेर्न चाहने दर्शकहरुको कमी भने छैन। 

प्रकाशित मिति: : 2021-04-23 14:04:00

प्रतिकृया दिनुहोस्