कोरोनाको दोस्रो लहर : आउँदो एक महिना जोखिपूर्ण हुन सक्छ !

रातोपाटी

काठमाडौं

कोभिड १९ भाइरस नयाँ–नयाँ प्रारुपमा ‘रिलिज’ भई  नेपालमा पनि तीव्रताका साथ प्रवेश भएको छ।

हिजो बुधवार बैशाख ८ गते स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याँक अनुसार नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणका २ हजार ३७१ नयाँ संक्रमित भेटिएका छन्।  यीमध्ये १ हजार ५१ जना संक्रमित काठमाडौँ उपत्यकामा मात्रै भेटिएका छन्।

देशभरिमा भेटिएका २ हजार ३७१ संक्रमित अथवा काठमाडाैंमा भेटिएका १ हजार ५१ जना संक्रमित निश्चय पनि महामारीका बेला डराउने संख्या बल होइन। तर, यसबारेको सम्यक उत्खनन गर्दा डराउने मात्रै होइन, आत्तिने समय नै भएको छ।

देशभरिमा विगत २४ घण्टामा भएका कुल कोरोना संक्रमण परीक्षणको संख्या एन्टिजेन प्रविधिबाट ८०३  र आरटी पीसीआर  प्रविधिबाट ८ हजार ८४४ गरी कुल ९ हजार ६४७ परीक्षण गरिँदा नेपालमा २ हजार ३७१ जना संक्रमित भेटिएका छन्।

प्रकाशित मिति: : 2021-04-23 10:12:00

प्रतिकृया दिनुहोस्