प्रदेश नं १ मा आज १६८ सङ्क्रमित थप

पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना सङ्क्रमित थपिएका छन्। 

थपिएका सङ्क्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
    
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९३२ जना सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ६६६ पुगेको छ। 

आज ६०२ जनाको पिसिआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। रासस
 

प्रकाशित मिति: : 2021-04-22 18:49:00

प्रतिकृया दिनुहोस्