नेपालमा फेरि बढ्यो तिब्बतीको गतिविधि, कडाइ गर्दै प्रहरी (भिडियाे रिर्पोट)

नेपाली भूमि प्रयोग गरेर हुने चीनविरोधी नेपालका लागि उत्तिकै टाउको दुखाइ बन्दै आएको छ। ‘एक चीन नीति’ मा प्रतिबद्ध नेपाल सरकारले चीनविरोधी हुन नदिन सुरक्षा संयन्त्रलाई चनाखो रहन निर्देशन दिँदै आएको छ।
राजधानी काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा तिब्बती शरणार्थीहरुले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रयास गर्दै आएका छन्।
उक्त गतिविधि रोक्न नेपाल प्रहरी लागिपरेको छ तर पनि विभिन्न भेषमा उनीहरुले आफ्ना गतिविधि सञ्चालनको प्रयास गर्दै आएका छन्।

अमेरिकामा भएको नेतृत्व परिर्वतनसँगै फेरि तिब्बतीहरुले आफ्नो गतिविधि बढाएका छन्। उक्त कुरालाई ध्यानमा राखी काठमाडौं प्रहरीले बौद्धलगायत तिब्बती शणरार्थी बसोबास गर्ने क्षेत्रमा विशेषसुरक्षा सर्तकता अपनाएको छ।
त्यसका लागि काठमाडौं प्रहरीले काठमाडौंको बौद्धमा रहेको तिब्बती क्याम्प, उनीहरुको कार्यालयदेखि उनीहरुको चहलपहल हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको हो।

विगत वर्षहरुमा प्रहरीको आँखा छली तिब्बतीहरुले विभिन्न विरोधका कार्यक्रम गर्ने गर्थे। प्रहरीले त्यस्ता गतिविधिलाई ध्यानमा राखी सुरक्षा सर्तकता बढाएका छन्।
त्यस कारण तिब्बती शरणार्थीले आफ्ना पृथकतावादी गतिविधि गतिविधि खुलेर गर्न पाएनन्।

अप्रिल ११ मा सम्पन्न तिब्बती निर्वासित सरकार प्रमुखको चुनावमा नेपालमा रहेका तिब्बती शरणार्थीहरुले लुकेर मतदान गरे।



तिब्बती शरणार्थी नयाँ राष्ट्रपति खोज्दै 



प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएकै कारण उनीहरुले तोकिएको क्षेत्रमा मतदान गर्नसमेत पाएका थिएनन्।

उनीहरुले वनभोजको बहाना बनाएर विभिन्न क्षेत्रमा गएर लुकिछिपी मतदान गरेको स्रोतको दाबी छ।

निर्वासित सरकारकोे नेतृत्व चयनका लागि मतदान अप्रल ११ मा चुनाव भएको थियो जसको मत गणना जारी छ।

नयाँ सिक्योङ (राष्ट्रपति) चयनका लागि भन्दै विभिन्न चरणमा निर्वाचन भएको थियो। तिब्बतको निर्वासित सरकारको प्रमुखका लागि पेन्पा छिरिङ र केल्साङ दोर्जी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए
‘सेण्ट्रल तिब्बतियन एडमिनिस्ट्रेसन’ (सीटीए) को रुपमा रहेको तिब्बती शरणार्थीहरुको सरकारले स्वतन्त्र तिब्बतको स्थापना गर्ने भन्दै आफ्ना कार्यक्रमहरु गर्दै आएको छ। लोब्साङ साङ्गेलेको दोस्रो कार्यकाल पूरा भएपछि अर्को प्रमुख चुन्न यो चुनाव गरिएको हो।
२०२० को डिसेम्बर २२ सम्ममा विश्वभरिका ८० हजार बढी मतदाताले मतदानका लागि नामावली दर्ता गराएका थिए जसमध्ये ५५ हजार बढी भारतमा मात्र रहेको बताइन्छ।

भारतको धर्मशालासहितका विभिन्न स्थान र अन्य २५ देशमा रहेका ८३ हजार तिब्बती शरणार्थीहरुले मतदान गरेको बताइएको छ।
पहिलो चरणको निर्वाचनमा राष्ट्रपतिका आठ उम्मेदवारमध्ये पेन्पा छिरिङले २४ हजार ४८८ मत सहित पहिलो स्थान र केल्साङ दोर्जीले १४ हजार पाँच सय ४४ मतसहित दोस्रो स्थानमा रहेका थिए। उनीहरु दुईबीच अन्तिम चरणमा प्रतिस्पर्धा भएको थियो।

छिरिङ २०१६ मा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। उनी वासिङ्टन डीसीका लागि दलाई लामा पूर्वदूत हुन् भने दोर्जी उत्तर अमेरिकाका लागि दलाई लामाका प्रतिनिधि थिए।

प्रकाशित मिति: : 2021-04-22 15:22:00

प्रतिकृया दिनुहोस्