पश्चिम बंगाल विधानसभाको ४३ सीटमा छैटौं चरणको मतदान जारी

अमर उजाला

कोरोना कहरकै बीच पश्चिम बंगाल विधानसभा छैटौं चरणको मतदान जारी छ।

४३ सीटमा मतदान भइरहेको स्थानीय समाचारमाध्यमले जनाएका छन्। निर्वाचनमा एक करोडभन्दा बढी मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।

जारी मतदानबाट भारतीय जनता पार्टीका कुल राय, टीएमसी मन्त्री ज्योतिप्रियो मलिक र चंद्रिमा भट्टाचार्यलगायत प्रभावशाली नेताहरूको राजनीतिक भाग्यकाे फैसला हुनेछ। 

कोरोनाको महामारीको बावजूद पनि मतदातामा उत्साह देखिएको छ। भाजपा, टीएमसी र कांग्रेसबीच मुख्य भिडन्तमा देखिएकाे छ।

प्रकाशित मिति: : 2021-04-22 09:01:00

प्रतिकृया दिनुहोस्