एक महिनापछि घर फर्किन्छु भनेका प्रहरी सहायकको जब बाकसमा लास फर्कियो (भिडियो)

नवीन अर्याल

विराटनगर 

गुड्डी मेहतर, वर्ष ४५।

उनले अन्तिम पटक आफ्नो श्रीमानसँग १८ चैतमा राती १० बजेतिर एक घण्टै फोनबाट कुराकानी गरेकी थिइन।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका नेपाल प्रहरीमा कार्यरत ४६ वर्षीय उमेशकुमार मेहतरले मिसनको समयावधि छिट्टै सकिन लागेको जनाउँदिएपछि उनी दंग परिन्।

आमासँगै रहेका कान्छा छोरा प्रकाशसँग कुराकानी गरेपछि उमेशकुमारले घरको आगन देखाउन अनुरोध गरे। र, १६ जेठमा घर फर्किने वाचासहित सबैसँग बिदा लिए।

फोनमा कुराकानी भएको १८ दिनपछि सुडानको डार्फरबाट उमेशकुमार त फर्किए तर बाकसमा प्याक भएर। मिसनमा कार्यरत रहँदै गर्दा उनको १९ चैत बिहान निधन भयो। 



‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’



विराटनगरको रानीमा कार्यरत प्रहरी सहायक उमेशकुमार भान्सेको जिम्मेवारी सम्हाल्न गत साल १६ कार्तिकमा सुडानका लागि उडेका थिए। अन्तिम पल्ट उनले श्रीमती र कान्छो छोरासँग कुरा गरे।

कुराकानी गर्दा उनी औदी खुसी थिए। एक वर्षका लागि गएका उनी शान्ति मिसनको काम पुरा भएका कारण ६ महिनामै फर्किने सुरसारमा थिए। तर, बिहान नास्ता तयार पार्ने बेलासम्म उनी नउठेपछि मिसनमा गएका अन्य साथीहरुले उनलाई बिहान ५ बजे घचघचाए। उनी बोलेनन्। उनको अप्रत्यासित निधनले सबैलाई स्तब्ध तुल्यायो। 

श्रीमती गुड्डीलाई पहिले बिरामी छ भनेर मात्र सुनाइयो। तर तीन छोरा–छोरीकी आमालाई पछि मात्र निधन भइसकेको बताइयो। उनी अहिले पनि टेलिफोनमा भएको कुराकानी बताउँदा भक्कानिन्छिन्, ‘मेरो त सबै सकियो। यस्तो जानेको भए किन पठाउँथे।’



सुन्दरी प्याराजम्पर (भिडियोसहित)



उमेशकुमारको प्रहरीको जागिरबाट अवकाश पाउने समय पनि करिब नजिकै थियो। उनी २ वर्षपछि रिटायर्ड हुँदै थिए। उनको शरीर अन्तेष्टीका लागि १८ दिनपछि विराटनगरस्थित मिल्स एरियाको भगवती टोलमा रहेको घरमा आइपुगेको थियो। परिवारले आफन्तहरुको उपस्थितिमा गत सोमबार विराटनगरमा अन्त्येष्टी गरेका थिए। 

‘एकदमै सहज थियो कुराकानी गर्दा। छिट्टो आउन लागेको भनेर ठट्टा पनि गर्नुभयो,’ गुड्डीले भनिन्। 

उमेशकुमार दुई छोरा, एक छोरी र श्रीमतिसहित परिवारका लागि एक्लो अविभावक थिए। उनकै कमाईबाट परिवार चलेको थियो। बुवाको काजक्रियामा बसेका २८ वर्षीय जेठा छोरा आकाशकुमार मेहतर भन्छन्, ‘बुबाको मृत्यु कसरी भयो अहिलेसम्म जानकारी पाएका छैनौं। हेडक्वाटरबाट १९ चैतमा निधन भएको खबर पायौं। पोष्टमार्टम भएको छ भन्ने सुनेका छौ तर, रिपोर्टबारे बेखबर छौ।’ 



जो गणितको दृश्य देख्छन् (भिडियोसहित)



श्रीमानको निधनपछि घर कसरी सम्हाल्ने भन्ने चिन्ता गुड्डीको छ। भन्छिन्, ‘छोरालाई कतै प्रहरीमै जागिर भए समस्या हल हुने थियो।’

पहिलो पटक शान्ति मिसनमा सहभागी भएका उमेशकुमार विराटनगरको रानीस्थित सशस्त्र प्रहरी बलको गण प्रहरी सहायक(भान्से) मा कार्यरत थिए।

मिसनका लागि १६ असोजमा उनी काठमाडौं लागेका थिए। एक महिने तालिमपछि १ सय ८० जनाको टोलीमा सहभागी हुँदै उनी सुडानका लागि उडेका थिए। 

 

प्रकाशित मिति: : 2021-04-21 19:16:00

प्रतिकृया दिनुहोस्