भारतको महाराष्ट्रमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु

Photo - GETTY IMAGES
Photo - GETTY IMAGES

भारतमा महाराष्ट्र राज्यको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा २२ जना व्यक्तिको मृत्यु भएको छ।

अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको बीबीसी हिन्दीले जनाएको छ।

भारतीय समाचारसंस्था एएनआईका अनुसार अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा उक्त घातक दुर्घटना भएको हो।

अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो।



उपन्यास 'माटो बोल्दो हो' को प्रसङ्ग र 'बिग बाङ' 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

प्रकाशित मिति: : 2021-04-21 15:56:00

प्रतिकृया दिनुहोस्