टोटेनहमले अन्तरिम प्रशिक्षकमा रायन मासनलाई चयन गरेको छ।
मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले अन्तरिम प्रशिक्षक चयन गरेको हो।
टोटेनहमले यस सिजनको अन्तिमसम्मका लागि मासनलाई अन्तरिम प्रशिक्षकमा चयन गरेको बताइएको छ। पूर्व मिडफिल्डरसमेत रहेका २९ वर्षीय मासनले क्लबको एकेडमीमा काम गरिरहेका थिए।