फोर्ब्सले सार्वजनिक गरेको प्रभावशाली युवाहरूको सूची नेपालकी गौरिका पनि

‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ को सुचीमा नेपालकी स्वीमर गौरिका सिंह पनि परेकी छन्।

चर्चित अमेरिकी म्यागजिन 'फोर्ब्स'ले मंगलबार प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको हो। 

गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन्। ७ वर्षदेखि उनले पौडी क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएकी छन्।

यसैबीच फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले खुशी भएको बताएकी छन्।  उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू निकै उत्साहित भएको बताएकी हुन्।


कीर्तिमानी पौडीबाज गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी घोषित

गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

प्रकाशित मिति: : 2021-04-20 21:36:00

प्रतिकृया दिनुहोस्