बाँकेमा ९ गते देखि एकसाता लकडाउन हुने

बाँकेमा बैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।

जिल्लामा कोरोना संक्रमदर उच्च हुदै गएपछि आगामी विहीबार देखि लकडाउन गरिने भएको हो। मंगलबार जिल्लामा बसेको सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले बन्दाबन्दी  गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको  थियो।

जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन गर्न सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

उनका अनुसार एकसातासम्म पनि संक्रमण नघटे लकडाउनको अवधि बढाउन सकिने छ। हाल बाँकेमा आठ सय ६६ जना कोरोना भाइरसका सक्रिय बिरामी छन्।

दोस्रो चरणको भाइरस बाँकेमा तिव्ररुपले बढ्दै गएको छ। यता बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले डिसिसिएमसीले लकडाउन सिफारिस गरेको र एकरदुई दिनभित्रै बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको निर्णय प्रमुख जिल्ला अधिकारीबाट हुने सम्भावना रहेको जानकारी दिएका छन्। उनका अनुसार लकडाउन हुने चाँही निश्चित हो।

मंगलबार मात्रै बाँकेमा १ सय ७९ जना कोरोना संञmमित थपिएका छन्। तीन जनाको मृत्यु भएको छ।

दोस्रो चरणमा  नेपालगन्जमा सबैभन्दा बढी कोरोना फैलिरहेको छ। त्यहाँको वडा नम्बर १ पूर्ण रुपमा शिल गरिएको छ। त्यहाँका सम्पूर्ण कर्मचारीमा कोरोना पुष्टि भएपछि शिल गरिएको अध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन्।

आज मात्रै १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2021-04-20 20:22:00

प्रतिकृया दिनुहोस्