त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेलेका छन्।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशलले ४१ बलमा ५२ रन जोडे। उनले ६ चौका र १ चौका बनाए।
कुशलले ४१ बलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन्। नेपालबाट टि–२० आईमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने कुशल एक्लो खेलाडी हुन्।
उनले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई लङअफमा छक्का साथ अर्धशतक पूरा गरेका थिए।
यससँगै कुशलले लगातार तीन टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्।