चीनलाई भारतको आग्रहः सिमानामा शान्ति कायम राखौँ

Vibcare.co.in

सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न भारतले चीनलाई आग्रह गरेको छ। 

दुईदेशको सम्बन्धमा थप सुधार गर्न बेइजिङले आपसी चासो र संवेदनशीलता बुझ्नुपर्नेमा जोड दिएको हाे।

चीनका लागि भारतीय राजदूत विक्रम मिस्रीले सोमबार दक्षिणी चिनियाँ शहर ग्वांगझोऊस्थित वाणिज्य दूतावासमा आयोजित समारोहमा सैन्य संलग्नता त्याग्न र शान्तिमार्फत द्विपक्षीय सम्बन्ध अगाडी बढाउन चीनसँग आग्रह गरेका छन्।

सीमा क्षेत्रमा शान्ति कायम गर्न र सम्बन्धको विकासका लागी दुबै देश गम्भीर हुनुपर्ने उनले बताए। 

राजदूत मिस्रीले चीन–भारतले प्राथमिकताका आधारमा एकअर्काप्रति सम्मान गर्न आवश्यक रहेको बताएका छन्। उनले द्विपक्षीय सल्लाहमा सिमानामा शान्तिको वातावरण बनाउनुर्पोमा जोड दिए।

पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच तनाव जारी नै छ। दुबै पक्षले धेरै ठाउँबाट सेना फिर्ता लिन सकिरहेका छैनन्। 

प्रकाशित मिति: : 2021-04-20 08:35:00

प्रतिकृया दिनुहोस्