प्रधानमन्त्री ओलीले भने : 'नयाँ पार्टी खोल्नु भनेको देशद्रोह गर्नु हो'

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी खाेल्ने माधव नेपालकाे अभियानलाई देशद्राेहीकाे संज्ञा दिएका छन्। 

आज बालुवाटारमा बसेकाे एमालेकाे केन्द्रीय समितीकाे बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ पार्टी खाेल्ने अभियान घातक र देशद्राेही रहेको बताए। 

'पार्टीमा एउटै मात्र कमिटी हुन्छ, समानन्तर कमिटी कहिल्यै हुँदैन' उनले भने, 'समानन्तर कमिटीकाे भ्रम सिर्जना गर्दै माधव नेपाल नयाँ पार्टी खाेल्ने अभियानमा छन्, याे कम्युनिष्ट आन्दोलनका लागि घातक र देशद्राेही प्रवृति हो।' 

पार्टी छाेडेर फ्लाेर क्रस गर्ने कार्यका लागि माधव नेपाललाइ इतिहासले थुक्ने बताउँदै ओलीले भने, 'हिजाेमात्र शेरबहादुर देउवालाई भेटेर माधव नेपालले हामी फ्लाेर क्रस गर्छाैं, तपाईहरु ढुक्क भएर प्रधानमन्त्रीविरूद्द अविश्वासकाे प्रस्ताव लैजानु भने। यसले के पुष्टि हुन्छ भने उहाँहरु अराजक, अलाेकतान्त्रिक, अमर्यादित प्रकृयाबाट अघि बढिरहनुभएकाे छ।'

देशलाई भूपरिबेष्ठितबाट भूजडित बनाउन खाेजेकाे भन्दै बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले प्रधानमन्त्रीकाे भनाई उदृत गर्दै भने, 'भारतकाे नाकाबन्दीसँग मुकाबिला गरेकाे थिएँ, चिनसँगकाे सम्बन्ध तिव्र पारेको थिए, मेरो यस कामकाे मुलुकभर प्रशंसा हुन थाल्याे, मेराे प्रशंसालाइ धुमिल बनाउन माधव र प्रचण्डहरू लागे।' 

दरबारमा दाम चढाएर चुनाव हारेकाे बेला पनि चारैतिर गुहार मागेर माधव नेपाल प्रधानमन्त्री बनेकाे उल्लेख गर्दै ओलीले स्वाभिमानको साैदा गर्ने माधवकाे राजनीति सत्तामुखी भएकाे जिकिर गरेका थिए। 

प्रकाशित मिति: : 2021-04-19 21:12:00

प्रतिकृया दिनुहोस्