प्रदेश नं १ मा थपिए ५५ सङ्क्रमित

बिएल संवाददाता

  विराटनगर 

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज ५५ कोरोना सङ्क्रमित थपिएका छन्। 

थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १० महिला र १४ पुरुष छन् भने झापामा १७, सुनसरीमा तीन र प्रदेश नं १ बाहिरका छ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश नं १ मा हालसम्म कोरोना सङक्रमितको सङ्ख्या ३० हजार ७०२ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९११ सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३२५ जनाको पिसीआर परीक्षण गर्दा २२ महिला र ३३ पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-19 20:40:00

प्रतिकृया दिनुहोस्