वार्ताका लागी दुबई पुगे भारत–पाकिस्तानका विदेशमन्त्री

Indianexpress

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि दुबई पुगेका छन्।

भ्रमणका क्रममा मन्त्री कुरैशीले दुबईका समकक्ष शेख अब्दुल्ला बिन जायद अल–नाहयान र अन्य अधिकारीहरूसँग भेट गर्ने बताइएको छ।

मन्त्री कुरैशीलको दुबई पछिल्लो भ्रमणलाई कूटनैतिक यात्राका रुपमा हेरिएको छ। यसकारण पनि अर्थपूर्ण मानिएको छ।

भारतका विदेशमन्त्री एस जयशंकर पनि दुबई आइतबार बेलुकी पुगेका छन्।

स्रोतका अनुसार दुईदेशका विदेशमन्त्री भेट्ने बैठक निर्धारित गरिएको छैन। तर, भारत–पाकिस्तानबीच सम्बन्ध सुधार गर्न दुबई निरन्तर लागिरहेको छ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार मन्त्री कुरैशीले दुबईको नेतृत्वसँग व्यापारलगायत विषयमा परामर्श लिने छन्। 

भारतीय विदेश मन्त्री जयशंकर सोमबार अबु–धाबीको भ्रमण गर्ने छन्। भारतीय पक्ष दुबईसँग द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोग सुदृढीकरण गर्नेमा केन्द्रित हुनेछ।

भारत–पाकिस्तान जम्मू–काश्मीरलगायत विवादित क्षेत्रमा युद्धविराम सम्झौताको कडाईका साथ पालना गर्न सहमत भएपछि सम्बन्धमा थप सुधार आउने विश्वास गरिएको छ।

भारत–पाकिस्तान 'संघर्ष रोक्न' दुबईको भूमिका महत्वपूर्ण

दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तान बीचको तनाव कम गर्न दुबईले खेलेको भूमिकाप्रति कूटनीतिज्ञहरूले प्रसंसा गरेका छन्।

अन्तर्राष्ट्रिय मामिलाका जानकार तथा सुरक्षाविदहरूले दुबै देशको पछिल्लो कदमलाई स्वागत समेत गरे।

अमेरिकाका लागि यूएईका राजदूत यूसेफ अल–ओतैबाले भारत–पाकिस्तानको सम्बन्ध सुधार गर्न दुबईले सकारात्मक भूमिका खेलेको स्पष्ट पारेका छन्।

दुईदेश बीच तत्काल राम्रो सम्बन्ध नबने पनि वार्तासम्म सक्दो सहयोग गर्ने अल–ओतैबाले बताए। उनले भने, ‘यीनीहरू राम्रो मित्र नबन्न सक्छन्। तर, हामीहरू कम्तीमा अहिलेको अवस्थासम्म पु-याउन चाहन्छौं। जहाँ एकअर्काबीच संवाद होस्।’

राजदूत अल–ओतैबाले दुईदेशबीच जारी तनाव कम गर्नेमा आफ्नो देशले महत्वपूर्ण भूमिका खेलेको स्वीकार गरेका छन्।

भारत र पाकिस्तानले गत २५ फेब्रअरीमा एकाएक जम्मू–कश्मीरलगायत विवादित सीमा क्षेत्रमा जारी संघर्ष रोक्ने सहमति जनाएका छन्। 

बालाबोट हवाई आक्रमणको दुई वर्षपछि यो कदमलाई जानकारहरूले सुखद यात्राको आरम्भ भएको टिप्पणी गरेका छन्। 



चीनले लद्दाखमा तैनाथ गर्‍याे ‘एचक्यू-९ एयर’

उर्जावान सूर्यबहादुर !

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

प्रकाशित मिति: : 2021-04-19 07:51:00

प्रतिकृया दिनुहोस्