फेरि बढ्यो बन्दाबन्दीमा रोकिएको भारतीय बजार जाने प्रवृत्ति

मुकेश पोखरेल

काठमाडाैं

गत वर्ष कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका बेला रोकिएको किनमेलका लागि भारतीय बजार जाने प्रवृत्ति फेरि पूर्ववत् अवस्थामा फर्किएको छ। 

वीरगन्ज नजिकैको नेपाल–भारत सीमानाकाबाट बिहान उज्यालो हुनासाथै मानिसहरू सीमावर्ती भारतीय बजार रक्सौलतिर गइरहेको दृश्य देखिन्छ। रक्सौलका किराना र लत्ताकपडा पसलमा ओहोरदोहोर र किनमेल दिनभरजसो चल्छ। एकाध घण्टा बजारमा बिताएपछि वीरगन्ज र आसपास क्षेत्रका बासिन्दा किनेका सरसामान बोकेर फर्किरहेको देखिन्छ।

भारतका विभिन्न क्षेत्रमा कोरोनाभाइरस संक्रमण महामारीको दोस्रो लहर विस्तार भइरहे पनि बजार भर्न सीमापारि जाने नेपालीको संख्या घटेको छैन। सीमा प्रशासनले नेपालबाट जाने यातायातलाई सिमानामै रोकिदिन्छ। तैपनि, सवारी साधन सीमावारि नै थन्क्याएर मालमत्ता किन्न नेपालीहरू भारतीय बजार पुग्ने गर्छन्। भारतमा कोरोनाभाइरसको जोखिम बढेपछि कतिपय नाकामा स्थानीय प्रशासनले अत्यावश्यक काममा बाहेक जान रोकेको छ, तर लुकिछिपी जानेको संख्या ठूलो हुन्छ। नेपाल–भारतका हरेक प्रमुख सीमानाकामा यसैगरी किनमेल गर्न नेपालीहरू आवतजावत गरिरहेका देखिन्छन्, पूर्वदेखि पश्चिमसम्मै। र, यो नयाँ कुरा नभई वर्षौंदेखि चल्दै आएको प्रवृत्ति हो। तर, एक वर्षअघि कोरोनाभाइरस संक्रमण महामारी शुरू भएपछि सीमानाका बन्द गरिँदा भने अवस्था फरक थियो। 

प्रकाशित मिति: : 2021-04-18 21:38:00

प्रतिकृया दिनुहोस्