अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउँदा चीनलाई चिन्ता

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : NDTV
Photo : NDTV

आउँदो सेप्टेम्बर महिनासम्ममा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता बोलाउने अमेरिकाको निर्णयप्रति चीनले चिन्ता व्यक्त गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विहिबार पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा आतंककारीहरुको गतिविधि बढ्न सक्ने खतरा रहेको बताएका छन्। 

उनले भने, 'आतंकवादी शक्तिले सुरक्षा अव्यवस्थाको फाइदा लिन सक्ने खतरालाई नकार्न सकिन्न।'

अफगानिस्तानको वर्तमान स्थिति अत्यन्तै जटिल तथा कमजोर भएको र आतंकवादीको खतरा यथावत नै रहेको उल्लेख गर्दै प्रवक्ता लिजियाँले भने, 'अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्दा त्यँहा को अवस्था शान्तिपूर्ण छ वा छैन, यकिन गरेर मात्र फिर्ता बोलाउनु पर्छ। अन्यथा कुनै उपलब्धी हुँदैन।' 

प्रकाशित मिति: : 2021-04-16 17:00:00

प्रतिकृया दिनुहोस्