थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५८८ जनाको पीसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख २९ हजार ५४७ पुगेको छ। हाल ६८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ६०४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १५७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। हाल देशभर चार हजार ३८४ सक्रिय सङ्क्रमित रहेका छन्।

५ जना सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-04-15 17:19:00

प्रतिकृया दिनुहोस्