कोरोना संक्रमित बढेसँगै मुम्बईमा अक्सिजन सिलिन्डरको हाहाकार

Photo - Navbharat Times
Photo - Navbharat Times

भारतमा कोरोना संक्रमित बिरामी बढेसँगै अक्सिजन सिलिन्डरको मागमा थप संकट देखिएको छ।

महाराष्ट्रका अस्पतालहरूमा अक्सिजन अभावको रिपोर्ट सार्वजनिक भएपछि मुम्बई त्रसित बनेको छ।

भारतमा अक्सिजनको बढ्दो मागले कोरोना संक्रमित बिरामीहरूले आफैं अक्सिजन सिलिन्डर ल्याउने गरेका छन्।

मुम्बईमा सिलिन्डरको मूल्य तीन गुणा बढेको गोरेगाउँ अस्पतालका सञ्चालकले बताएका छन्। आपूर्ति घट्दै जाँदा प्रायः विक्रेताहरूले सिलिन्डरको यातायात र ज्यालामा चार्ज बढाउन थालेको अस्पताल प्रशासनको गुनासो छ।

कोरोना संक्रमितहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै महानगरपालिकाले अक्सिजन र ओछ्यानमा कमी आउन नदिने बताएको छ। संकटको समयमा थप २० दिनका लागि अक्सिजन मानपासँगै रहेको स्पष्ट पारेको छ।

महाराष्ट्रमा अस्पतालहरूमा दैनिक हजारौं नयाँ कोरोना संक्रमित आउने गरेका छन्। मुम्बई, पुणे, नासिक, नागपुर, आदिमा रहेका अस्पतालहरूमा बिरामी भरिभराउ छन्।



भारतमा कोरोना सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

प्रकाशित मिति: : 2021-04-15 13:16:00

प्रतिकृया दिनुहोस्