यसकारणले झर्ने गर्छ, कपाल !

FIle photo
FIle photo

कतिपय मानिस कम उमेरमा नै कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन्। जुन जटिलताको विषय हो। तर यो समस्या महिलामा मात्र नभई पुरुषमा समेत देखिने गरेको छ। त्यसैले कपाल झर्ने समस्यालाई रोक्नका लागि मानिसले बजारमा पाइने विभिन्न केमिकलले बनेका स्याम्पु, तेल तथा कन्डिसनरका साथै अरूको कुरा सुनेर धेरै प्रयासहरू पनि अपनाउने गर्छन्। यसले कोहीमा कपाल झर्ने समस्या कम गरे पनि धेरैमा हानि पुर्याइरहेको हुन्छ। कपाल झर्नुको मुख्य कारण पत्ता लगाई सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ। कपाल झर्नु, एलोपेसिया हुनु वा तालु हुनुका केही कारण यस्ता हुन सक्छन्। जसलाई तल दिइएको छ। 

जीवनशैलीका कारण पनि कपाल झर्ने समस्या निम्तिन्छ। प्रदूषण, अत्यधिक तनाव र रासायनिक उत्पादनको लगातार प्रयोगले कपाल झर्ने समस्या बढाउँछ। साथै बारम्बार स्याम्पु र तेललाई परिवर्तन गर्नु पनि कपाल झर्नुको कारण बन्न सक्छ। 

कपाल कलर गर्ने, स्ट्रेट गर्ने, कर्ली गर्नेजस्ता उपायहरूले कपालको स्वास्थ्यमा  हानी पुर्याउने गर्छ। टाउकोको छाला सुक्खा हुँदा वा ओसको क्षतिको कारण कपालका जराहरू कमजोर हुन्छन् जसको नतिजास्वरूप, कपाल झर्न वा टुक्रिन थाल्छन्।

पौष्टिक खानाको कमी वा खानपानका कारण पनि कपाल झर्ने समस्या निम्तिन सक्छ। बायोटिन र प्रोटिन कपालको स्वास्थ्यका लागि आवश्यक छ। भिटामिन, बायोटिन, खनिज र प्रोटिनयुक्त भोजन (बदाम, काजु, बन्दकोभी, फ्याक्ससिड आदि) सेवन कपाललाई स्वस्थ राख्नका लागि पोषक तत्वहरूको बृद्धि गर्छ। यी पोषक तत्वको कमीले एलोपेसिया वा तालुखुइले हुने सम्भावना बढ्छ।

पारिवारिक इतिहास पनि कापल झर्ने समस्याका लागि जिम्मेवार हुन्छ। सामान्यतया पुरुषहरूमा पाइने टेस्टोस्टेरोन हर्मोनलाई एक उमेरपछि डिहाइड्रोटेस्टोस्टेरोन (डिएडिटी) हर्मोनमा रूपान्तरण हुन्छ जुन स्क्याल्पमा केवल कपालको विकासका लागि जिम्मेवार हुन्छ। वंशानुगत कारणले, उक्त हर्मोनको स्तर बढ्दा टाउकोको अगाडि कपालको जरा बिस्तारै कमजोर हुँदै जान्छ, जसकारण कपाल झर्ने वा टुट्ने हुन्छ। 


 

प्रकाशित मिति: : 2021-04-14 20:55:00

प्रतिकृया दिनुहोस्