अमेरिकालाई उइगुर मुसलमानको चिन्ता

State Department Photo by: Ron Przysucha/ Public Domain
State Department Photo by: Ron Przysucha/ Public Domain

अमेरिकाले चीनमा बसोबास गर्ने मुसलिम समुदाय उइगुरप्रति पुनः चिन्ता जाहेर गरेको छ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिङ्केनले उइगुर मुलमानप्रति समर्थन जनाएका छन्। उनले चीन सरकारले झिङ्जियाङ प्रान्तमा उइगुरमाथि गरेको अत्याचार र दमनको निन्दा गरेका छन्। 

अमेरिकी विदेश सचिवले उइगुरमाथि भइरहेको अत्याचारको विषयमा विश्वका अन्य देशले पनि चीनको निन्दा गर्नुपर्ने आवश्यकता औलाए। उनले यी कुरा गत आइतबार अमेरिकाबाट प्रसारित एनबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका हुन्। 

चीनमा उइगुरमाथि जुन प्रकारको दमन भइरहेको छ, त्यसको विश्वका सबै देशले एक साथ आवाज उठाउन जरुरी छ। हामीले यसमा ठोस कदम उठाउन जरुरी छ,’ उनले अन्तर्वार्तामा भने, ‘उदाहरणका लागि हाम्रो कुनै पनि कम्पनीले चीनमा यस्तो उपकरण वा हतियार उपलब्ध गराएको छैन, जुन उइगुरको दमनमा प्रयोग होस्।’ 

उनले मानव अधिकार उल्लंघन तथा नरसंहारविरूद्ध अमेरिका सधै उभिएको बताए। उनले उइगुरहरूको हकहितका लागि चीनलाई दबाब दिन सबैले मिलेर काम गर्नुपर्ने बताए।



‘नमस्कार ! म युरी गागारिन’



चीनको बेइजिङमा आयोजना हुन लागेको सन् २०२२ को शीतकालीन ओलम्पिक बहिस्कारप्रति अमेरिकाले तत्कालै कुनै धारणा नबनाएको ब्लिङ्केनले बताए। ‘हामीले बहिस्कारतर्फ ध्यान केन्द्रित गरेका छैनौं। हाम्रो ध्यान यतिबेला सहयोगीसँग आपसी चर्चा तथा परामर्शमा छ। हामीले उनीहरूको चिन्ता सुन्नुपर्ने छ। यी सबै हामीले छिट्टै सुन्नुपर्ने हुन्छ,’ उनले भने। 

उनले अफगानिस्तानबाट अमेरिकी सेना हटाउने विषयमा पनि कुराकानी गरेका थिए। राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा युद्ध समाप्त भएको हेर्न चाहेको उनले बताए। ‘छिट्टै अमेरिकी सेनालाई अमेरिका बोलाउने तयारी छ। यसअघि हामीले सुनिश्चित गर्नुपर्नेछ– अफगानिस्तानले फेरि आंतकवादलाई आश्रय दिदैन भनेर,’ उनले भने। उनले अफगानिस्तानमा छिट्टै शान्ति स्थापना हुने पनि बताए।

प्रकाशित मिति: : 2021-04-13 08:25:00

प्रतिकृया दिनुहोस्