एमालेमा नेपाल-खनाल समूहको रणनीति: शक्ति सञ्चयसहित प्रतिरोध

नागरिक दैनिक

काठमाडाैं

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल–खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ। सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ।



सरकारद्वारा जसपाको मुद्दा सम्बोधन सुरु, रेशमसहित अदालतबाट निर्णय भएकाको मुद्दा सर्वोच्चको निर्णयबमोजिम हुने



नेपाल–खनाल पक्षले ओली पक्ष नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ। ‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्‍यौँ। महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल नै भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने। उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको विरोधमा रहेका ओलीले पार्टीमा विरोधाभास जन्माएको दाबी नेपाल समूहले गर्दै आएको छ। नेपाल पक्षले संगठन निर्माणका क्रममा कार्यकर्तालाई वितरण गरेको दस्तावेजअनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनमा विचारहरूका साथ अध्यक्षका उम्मेदवार भएका माधवकुमार नेपाल पराजित भए तर सैद्धान्तिक र कार्यक्रमिक तथा सांगठनिक प्रस्तावको विपक्षमा रहेका केपी ओली अध्यक्ष निर्वाचित हुनाले पनि पार्टीभित्र समस्या आएको हो। सो दस्तावेजमा ओलीले महाधिवेशनपछि पार्टी पंक्तिलाई विचारहीन बनाएको आरोप लगाइएको छ।

प्रकाशित मिति: : 2021-04-13 07:44:00

प्रतिकृया दिनुहोस्