स्वास्थ्यका लागि मुलाको साग फाइदाजनक !

File photo
File photo

मुलाको सेवन शरीरका लागि फाइदाजनक हुन्छ। मुलाको तुलनामा मुलाको पातमा धेरै पोषक तत्व हुने हुँदा मुला मात्र नभई यसको साग पनि शरीरका लागि लाभदायक हुन्छ।

मुलाको सागलाई आफ्नो आहारमा समावेश गरे धेरै प्रकारको रोगबाट बच्न सकिन्छ। मुलाको पत्तामा आयरन, क्याल्सियम, फोलिक एसिड, भिटामिन सी, फास्फोरस प्रशस्त मात्रामा पाइन्छ जुन शरीरलाई कार्य गर्नका लागि जरुरी हुन्छ।

अनुसन्धानका अनुसार मुलाको पत्तामा हुने भिटामिन ए र भिटामिन सीले वाइट ब्लड सेल्सको निर्माणमा सहयोग गर्छ। यसको सेवनले रुघाखोकी निको पार्नुका साथै क्यान्सर, डायबिटिज र हड्डी रोगजस्ता गम्भीर रोगबाट मुक्ति पाउन सकिन्छ। यसमा भएको फलाम र फस्फोरसको उच्च मात्रा शरीरको प्रतिरोध क्षमतालाई बढाउन मद्दत गर्छ।

साथै, भिटामिन सी, भिटामिन ए, थायामिनले थकानलाई हटाउन मद्दत गर्छ। मुलाको साग पाइल्सको समस्याका लागि प्रभावकारी उपचार हुनसक्छ। मुलाको पातमा हुने जीवाणुरोधी गुणहरूले सुन्निने समस्या कम गर्न सक्छ।

मुलाको सागमा जन्डिसलाई निको पार्ने गुणसमेत हुन्छ। मुलाको पातको सेवनले रगतमा अक्सिजन आपूर्ति सुधार्न मद्दत गर्छ, जसले जन्डिसका कारण छाला पहेँलो हुने समस्या हटाउँछ।

मुलाको पातको सेवनले शरीरमा भिटामिन सीको कमीका कारण हुने स्कर्वी रोग लाग्न दिँदैन । यसको सेवन बाथको समस्या भएको व्यक्तिका लागि पनि उपयोगी हुन्छ। 

प्रकाशित मिति: : 2021-04-10 10:55:00

प्रतिकृया दिनुहोस्