पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको छ।
पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना सुरु गरिएको थियो।
गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।