नेपाली समाजमा श्रीमान-श्रीमतीको सम्बन्ध टिकाउन बाह्य देशहरुमा जस्तो सकस छैन। र पनि नेपालीहरु सन्तुष्ट हुन जानेका छैनन्।
एक अनुसन्धानका अनुसार अधिकाश विवाहित पुरुष वा महिला राती सुत्दा खुकुलो ड्रेस लगाएर सुत्ने गरेको पाईएको छ। अझै राती लुगा लगाएर सुत्ने जोडिभन्दा नलगाई सुत्ने जोडिहरु एक अर्काप्रति सन्तुष्ट र खुसी हुने गरेकोपनि पाईएको छ।
ब्रिटेनका पोट्समाउथका ३३ वर्षीय म्याकेजीले आफू ६ वर्षदेखि श्रीमतीसँग नाङ्गै सुत्ने गरेको बताएका छन्। उनले यसबाट जीवनमा निकै खुसी र सन्तुष्टि मिलेकोपनि बताए। एक अन्तर्वातामा उनले भनेका छन्, 'सधैँ सुत्दा वस्त्र खोलेर सुत्छु।'
त्यस्तै अमेरिकाकै एक कटन कम्पनीका मालिक स्टिफन थायरलेपनि सुत्ने बानीले श्रीमतीसँगको सम्बन्ध सुध्रिएको बताएका छन्।