कर्णाली करिडोर अन्तर्गत छारे क्षेत्रको सडक निर्माणमा सेनालाई भित्र्याउँन जनप्रतिनिधिको माग

कर्णाली करिडोर अन्तर्गत चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्न  नेपाली सेनालाई जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेका छन्।

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्ष निकाल्दै सेनालाई जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेका हुन्। 

कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई छारे खण्डको सडक निर्माण गर्ने जिम्मा दिनुपर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले माग गरे।

सेनाले एकदेखि डेढ वर्षमा त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष रावलको भनाइ छ।

निर्माण व्यवसायीको जिम्मा दिँदा यो काम गर्न अझै १० वर्ष लाग्न सक्ने उनको भनाइ छ। उनले हाल सेनाले काम गरिरहेको हुम्ला खण्डमा १६ वटा मेसिनबाट काम भइरहेकाले सेनाले रात दिन नभनी काम गरिरहेको उदाहरण दिए। 

प्रकाशित मिति: : 2021-04-08 06:57:00

प्रतिकृया दिनुहोस्