बुख्याचाजस्ता ‘जनजाति नेता’!

हिमाल खबर

काठमाडौँ

बहुदलीय व्यवस्थामा शासन दलले गर्छ। दलको नेता शासक हुन्छ। तर, अहिलेका मूलधारका दलमा कोही पनि जनजाति सत्ताको नेतृत्व गर्ने हैसियतमा छैन। पार्टी नेतृत्वकर्तालाई ‘दाता’ मानेर बसेका छन्। 

जनजाति नेता भन्नाले तीनखाले नेता बुझ्नुपर्छ। जनजाति संघसंस्थाका नेता, जनजातिका मुद्दा बोक्ने राजनीतिक दलका नेता र मूलधारको राजनीतिमा स्थापित जनजाति नेता। समग्रमा राज्यसंयन्त्रलाई प्रभावित पार्ने नेता, जो जनजाति होस्। 

जनजाति संघसंस्थाले गर्ने काम सामाजिक जागरण, अभियान र आन्दोलन नै हुन्। दर्जनाैं जनजाति संघसंस्था यिनै काम गरिरहेका छन्। ती सबैको समन्वयकारी भूमिकामा जनजाति महासंघ छ। जनजाति महासंघको नेता समग्र जनजाति जागरण, अभियान र आन्दोलनको पनि नेता हो। नेताले समस्या पहिचान गर्छ, समाधानको बाटो पत्ता लगाउँछ र त्यसैमा हिँडाउँछ।
 

प्रकाशित मिति: : 2021-04-07 21:47:00

प्रतिकृया दिनुहोस्