पब्जीबाट प्रभावित एक युवाद्वारा पाकिस्तानमा चार जनाको हत्या

पाकिस्तानमा अनलाइन मल्टिप्लेयर गेम पब्जीका कारण चार जनाको निधन भएको छ।

लाहोर शहरको नवां कोटमा एक जना युवाले गेमको ‘सिन क्रिएट’ गर्ने क्रममा आफ्नो भाई, भाउजु, बहिनी र साथीलाई गोली हानेका थिए। यो घटना सोमबार भएको पाकिस्तानी मिडियाले जानकारी दिएका छन्।

लाहोरका डिएसपी उमर बलुचले आरोपीको नाम राना बिलाल भएको बताएका छन्।

उसलाई पब्जीको लत लागेको र क्रिस्टल मेथ नामको ड्रग पनि लामो समयदेखि सेवन गर्दै आइरहेको डिएसपी बलुचले बताए।

‘परिवारका अन्य सदस्यले उसलाई खराब बानी छोड्न दबाब दिँदै आइरहेका थिए। तर, उ झगडा गर्थ्याे’, डिएसपी बलुचले भने, ‘घटनाको दिन पनि भाई र भाउजुले पुनः उनलाई सम्झाउन खोजेका थिए।’

यो घटनाबाट भड्किएको उसले पेस्तोल खरिद गरेको र पब्जी जस्तै ‘सिन क्रिएट’ गरेर हेलमेट र ज्याकेट लगाएर आएको थियो।

कोठामा प्रवेश गर्ने बित्तिकै उसले फायरिङ सुरु गरेको र घटनास्थलमै भाई, भाउजु, बहिनी तथा साथीको निधन भएको बताइएको छ।

छिमेकीका अनुसार बन्दुकको गोली नसकिदासम्म बिलालले एकहोरो प्रहार गरिरहे। गोली समाप्त भएपछि आफूहरूले दोषीलाई पक्राउ गरेको छिमेकीले बताए।

पाकिस्तान सरकारले २० दिनअघि पब्जीमाथिको प्रतिबन्ध हटाएको थियो। इमरान सरकारले १७ जुलाईमा पब्जीलाई प्रतिबन्ध लगाएको थियो।

सरकारले सुरुमा यसलाई इस्लाम बिरोधी मानेको थियो। तर, प्रतिबन्धको १० दिनपछि नै हटाउनु परेको थियो।

पाकिस्तानले २०१३ मा पनि पब्जीमाथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: : 2021-04-07 17:06:00

प्रतिकृया दिनुहोस्