दुहबीका बलदेव सिंहकाे घरमा फूल्याे सुनाखी

सुनसरीकाे दुहबीस्थित बलदेव सिंहकाे घर हातामा सुनाखरी फूल फुलेकाे छ।

उनकाे घरअगाडिकाे आँपकाे रूखमा सुनाखरी फुलेकाे हाे। सिंहले धरानकाे भेडेटारबाट सुनाखरी फूलकाे जरा ल्याएर तीन वर्षअघि आँपकाे रूखमा राेपेका थिए।

'सुनाखरीकाे जरालाई हिलाे माटाे र कपडाकाे सहाराले जडान गरेकाे थिएँ', सिंहले भने , 'फुल्न थालेकाे दुई वर्ष भयाे।'

सिंह 'कमर्सियल आर्टिष्ट' हुन्। सिंहकाे घरमा फूलेकाे सुनाखरी फूल हेर्न छिमेकीकाे भीड लाग्ने गरेकाे छ ।

प्रकाशित मिति: : 2021-04-07 16:40:00

प्रतिकृया दिनुहोस्