आफूलाई २०३६ सम्म राष्ट्रपति बनाउने कानुन पुटिनद्वारा प्रमाणीकरण

Photo - times of Israil
Photo - times of Israil

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०३६ सम्म आफूलाई राष्ट्रपति बनाइरहने कानुनलाई प्रमाणिकरण गरेका छन्।

उनले संसोधित विधानमा हस्ताक्षर गरेका छन्, जसले उनलाई थप दुई कार्यकालका लागि राष्ट्रपतिको चुनावमा उठन बैधानिकता प्रदान गर्नेछ।

६९ वर्षीय पुटिन हाल राष्ट्रपतिको चौथो कार्यकाल बिताइरहेका छन्, जुन २०२४ को अन्त्यमा समाप्त हुँदैछ। नयाँ कानुनको घोषणा सोमबार भएको थियो।

गत वर्ष भएको जनमत संग्रहको आधारमा रुसी संविधानमा संसोधन भएको हो। पुटिन सन् २००० देखि रुसी राजनीतिको केन्द्रविन्दुमा रहेका छन्।

प्रकाशित मिति: : 2021-04-06 13:24:00

प्रतिकृया दिनुहोस्