विज्ञानसम्बन्धी जर्नल 'ट्रान्सलेसन साइकेट्री'ले अत्याधिक गुलियो पेय पर्दाथको सेवनले स्मरण शक्ति कमजोर हुँदै जाने बताएको छ।
'ट्रान्सलेसन साइकेट्री'का अनुसार बाल्यकालदेखि नै गुलियो पेय पदार्थको अत्याधिक सेवनले मधुमेह (चिनी रोग) र दाँतमा किरा लाग्नुको साथै स्मरण शक्तिमासमेत कमि आउने खुल्न आएको हो।
अत्याधिक गुलियो सेवनले 'माइक्रोबायोम'मा विशेष परिवर्तन ल्याएर मस्तिष्कको विशेष भागलाई प्रभावित गर्न सक्छ। सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिन्बेन्सन (सीडीसी) का अनुसार अधिकाशं अमेरिकीहरुको पहिलो रोजाईमा गुलियो पेय पर्दाथ पर्छ। दुई तिहाइ अमेरिकीहरुले प्रतिदिन कमसेकम एक पटक गुलियो पेय पिउने गर्छन्।
यूएससी डॉर्नसाइफ कलेज अफ लेटर्स, आर्ट्स एण्ड साइन्सका बायोलोजिकल साइन्सका में बायोलॉ एसोसिएट प्रोफेसर स्कट कनोस्कीले आहारा र मस्तिष्कको सम्बन्धको बारेमा अनुसन्धान गरेका थिए। उनले यो अनुसन्धानको लागि मुसामा परिक्षण गरेका थिए।
उक्त परिक्षण अनुसार गुलियो पेय पिउने मुसामा नपिउने मुसाको भन्दा कम स्मरण शक्ति भएको पाईएको छ। यसैगरी युनिभर्सिटि अफ जर्जियामा भएको अर्को अनुसन्धानले पनि कनोस्कीको अनुसन्धानलाई पुष्टि गरेको छ।
अनुसन्धानको क्रममा बच्चा मुसाहरुलाई गुलियो पेय पदार्थ खुवाएर उनीहरु बयस्क हुन्जेलसम्मको अवस्थामा निर्माण भएको स्मरण शक्तिको बारेमा गहन रुपले अनुसन्धान गरिएको थियो। स्मरणशक्ति रहने मस्तिष्कको दुईवटा खण्ड 'हिप्पोकेन्पस' र 'पेरिहाइनल कॉर्टेक्स'मा गरिएको फरक-फरक अनुसन्धान ले उक्त निस्कर्ष निकालेको हो।