कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अडाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिन्छ।

यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ।

अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा पूर्व कार्यालय प्रमुख सुमनकुमार झा अहिले वीरगंज कारागारमा थुनामा छन्। उनीसँग एक करोड र कम्प्यूटर अपरेटरसँग ५० लाख धरौटी माग गरिएको छ।

प्रकाशित मिति: : 2021-04-04 08:52:00

प्रतिकृया दिनुहोस्