प्रदेश सरकार बनेपछि जनतामा सुविधा पुगेको मुख्यमन्त्री राईको भनाई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताए। 

“प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उनले भने, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन्।”

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गरे। पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन र्दिए।

प्रकाशित मिति: : 2021-04-04 08:28:00

प्रतिकृया दिनुहोस्