अनि केटीलाई आँट आउँछ, जस्ताे कि सन्ध्यालाई नै हेर्नुस्

शिलापत्र

काठमाडौं

आफूलाई हेर्ने काम गाह्रो छ।

ऐनामा हेर्दा उल्टो आफूलाई देखिन्छ। छाया हेर्दा घाम अनुसारको आफूलाई देखिन्छ। फोटो हेर्दा क्यामेराले भेटेको प्रकाशअनुसार आफूलाई देखिन्छ।

कसैलाई ‘कस्तो छु’ भनेर सोध्दा उसले त्यसबेला देखेको ऊ अनुसारको आफूलाई भनिदिन्छ। 

आफूलाई आफूले के चाहेको हुँ हतपती बताउन नसकेपछि बेलामा ‘नाइँ’ भन्न सकिँदैन। नछान्नुपर्ने कुरा नछान्न सकिँदैन। आफूलाई गलत लागेको कुरालाई गलत भन्न सकिँदैन।

यही असमर्थताको फाइदा परिवारले उठाउँछ। समाजले उठाउँछ। ‘तँ यस्तो पो होस्’ भन्छ। केटा र केटी दुवैलाई भन्छ।

 

प्रकाशित मिति: : 2021-04-03 19:28:00

प्रतिकृया दिनुहोस्