कोरोना महामारीले ध्वस्त भएको अमेरिकी अर्थ व्यवस्थालाई पुनःजीवित गर्न राष्ट्रपति जो बाइडेनले ठुलो कदम उठाएका छन्।
अमेरिकाको आधारभुत संरचनालाई उठाउन बाइडेनले चीनजस्तै २ ट्रिलियन डलर (दुइ लाख करोड डलर)को प्याकेज घोषणा गरेका छन्।
उक्त प्याकेज अन्तर्गत चार बर्षमा राम्रो तलबसहितको १ करोड ८० लाख रोजगार सिर्जना हुनेछ। उक्त प्याकेज शताब्दीकै ठुलो लगानी भएको विश्लेषकहरुको दाबी छ।
पेंसेल्भानियाको पिटस्बर्गमा प्याकेजको घोषणा गर्दै राष्ट्रपति बाइडेनले यो प्याकेज अन्तर्गत ३२ हजार किलोमिटर सडक र दश हजार पुलको पनि निर्माण गरिने जानकारी दिए।
यसको साथै विमानस्थल हरुको 'इलेक्ट्रिकल मोबिलिटी'को आधुनिकीकरण गरिने पनि बताईएको छ। उक्त प्याकेजमा पी जल प्रणालि, इलेक्ट्रिकल ग्रिड, उच्च गतिको इन्टरनेट र स्तरीय आवासको सुधारपनि गरिनेछ।
यो प्याकेजलाई अनुमोदन गर्न राष्ट्रपति बाइडेनलाई कम्तिमा १० रिपब्लिकन सांसदको मत आवश्यकता पर्छ।