एसियाली अमेरिकीहरुमाथि भएको आक्रमण र घृणाप्रति दु:ख व्यक्त गर्दै बाइडेनले मागे माफी

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : FT
Photo : FT

अमेरिकाका राष्ट्रपति जो बाइडेनले केही महिनादेखि लगातार एसियाली अमेरिकनहरु माथि भएको आक्रमण र घृणाले आफु दुखित भएको बताएका छन्।

अमेरिकाको भौतिक र आर्थिक विकासमा प्रमुख भूमिका खेलेका एसियाली अमेरिकीहरुप्रति भएको दुखद घटनाप्रति बाइडेनले माफीसमेत मागेका छन्। उनले भनेका छन्, 'यस्ता अमानवीय घटनाहरुमा संलग्नहरुलाई कडा कारबाही गरिने छ।'

बाइडेनले  हिंसाको विरुद्ध कदम उठाउन न्याय विभागलाई निर्देशन दिएको पनि बताएका छन्। बाइडेनले भने, 'अमेरिकामा हिंसा र घृणाको लागि कुनै स्थान छैन।'

त्यस्तै ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पनि राष्ट्रपति बाइडेनले पिडित एशियन-अमेरिकनसँग भेटेर के कस्ता कदम उठाउन सकिन्छ भनेर सुझाव लिने बताइन्। उनले भनिन, 'अरुलाई हानी पुर्याउनु भनेको आफैलाई हानी पुर्याउनु हो।'



महिलाको सामानमा मुत्र त्याग गर्ने एक अश्वेत पक्राउ

प्रकाशित मिति: : 2021-04-01 08:36:00

प्रतिकृया दिनुहोस्