जसले पाकिस्तानको लडाकु विमान खसाए

हिमाल खबर

काठमाडौँ

सन् १९७१ मा भारत–पाकिस्तानबीच विभिन्न ठाउँमा युद्ध चलिरहेको थियो। बाङ्लादेश छुट्टै नभई पाकिस्तान अन्तर्गत नै थियो।

भारतले ‘चिकेन नेक एरिया’ (सिलिगुडी करिडोर) को पाकिस्तानी क्षेत्र कब्जा गर्ने रणनीति बनाई फौज पठायो। त्यसको अग्रमोर्चामा गोर्खाली फौज (७/११ जीआर) को ‘डेल्टा कम्पनी’ थियो।

उक्त क्षेत्र कब्जा गर्न भारतीय सेनाको तीन वटा बटालियन खटिएको थियो। “६ डिसेम्बर १९७१ बिहान ६ बजे पाकिस्तानी सेनाले राखेको अब्स्ट्राकल (डिफेन्स) पार गरेर चिकेन नेक एरियामा ८० किलोमिटर कब्जा गरी झन्डा गाडियो,” धनबहादुर उवेलाको लडाइँ सम्झन्छन्, “पाकिस्तानतर्फबाट 'काउन्टर अट्याक' आउँछ भनेर बंकर खनेर डिफेन्स बस्यौं।”

तर, त्यस दिन पाकिस्तानले काउन्टर अट्याक गरेन। बरु धनबहादुरको फौजभन्दा पछाडि बसेको ब्याक फोर्सले माथिबाट तोप पड्काइरह्यो।

प्रकाशित मिति: : 2021-04-01 07:18:00

प्रतिकृया दिनुहोस्