कानुन विपरित कुनै काम नगरेको अमेरिकाका राष्ट्रपति जो बाइडेनका पुत्र हन्टर बाइडेनको दाबी

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाका राष्ट्रपति जो बाइडेनका कनिष्ट पुत्र हन्टर बाइडेनले उक्रेनको ग्यास कम्पनीको बोर्डमा बसेर कुनै अनैतिक काम नगरेको बताएका छन्।

उनले उक्त कम्पनीमा भविष्यमा काम गर्ने कुनै सम्भावना नरहेको पनि बताए।

पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पले गत राष्ट्रपति चुनावको समयमा वर्तमान राष्ट्रपति जो बाइडेनको पदको दुरुपयो गरेको आरोप लगाएका थिए। 

हालै प्रकाशित पुस्तक 'ब्यूटीफुल थिङ्ग्स'मा हन्टरले आजसम्म कानुन विपरित कुनै काम नगरेको दाबीसमेत गरे। उनले भनेका छन्, 'हाइ प्रोफाइलको माता-पिताको सन्तान भएपछि अनेक आरोप लाग्छ तर धैर्य गर्नु पर्छ।'

सन् २०१५ मा दाई बियुको मस्तिष्क क्यान्सरले निधन भएपछि उनलाई लागुपदार्थको कुलत लागेको थियो। केहि समय उनि पुनर्वास केन्द्रमा पनि बसेका थिए।

४ फेब्रुअरी १९७० मा जन्मेका हन्टर एमट्रेक नामक कम्पनीका मालिक हुन्। अमेरिकी सेनामा समेत काम गरिसकेका हन्टर लाई आफ्नो पिताको पदको दुरुपयोग गरेर उक्रेन को 'बुरिस्मा होल्डिङ्ग्स' नामक ग्यास कम्पनीको पद हत्याएको आरोप लाग्ने गरेको छ।

प्रकाशित मिति: : 2021-04-01 06:50:00

प्रतिकृया दिनुहोस्