म्यान्मारमा रहेका आफ्ना नागरिकलाई देश छोड्न अमेरिकाको आदेश

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : RFA
Photo : RFA

म्यान्मारमा दिन प्रतिदिन बिग्रदो राजनैतिक अवस्थालाई मध्यनजर गरेर अमेरिकाले आफ्ना नागरिकहरुलाई अत्यावश्यक काम बाहेक त्यँहाको यात्रा नगर्न अनुरोध गरेको छ। 

अमेरिकी विदेश विभागले मङ्गलबार एक सुचना जारी गर्दै आफ्ना नागरिकहरुलाई म्यान्मार लगायतका हिंसाग्रस्त दक्षिण-पूर्वी एशियाली देश छोड्न अनुरोध गरेको हो।

यसको साथै अमेरिकाले आफ्नो ट्राभल एडभाईजरी मा म्यान्मारको तह बढाएर 'लेभल फोर' पुर्याएको छ।

लेभल फोर भन्नाले जानै नहुने र त्यँहा भएको भएपनि छिटो भन्दा छिटो त्यो देश छोड्ने आदेश हो।

हाल सम्म त्यस्तो लेभल फोरमा सिरिया र सोमालिया जस्ता गृह युद्धरत देश परेका थिए। 



म्यान्मारको बिग्रिदो अवस्थाः बर्मेलीहरू थप १८ महिना अमेरिका बस्न सक्ने 

प्रकाशित मिति: : 2021-03-31 18:11:00

प्रतिकृया दिनुहोस्