वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली 'अदक्ष', दक्ष जनशक्ति उत्पादन गर्ने तालिम केन्द्र खोइ ?

शिलापत्र

काठमाडौँ

तीन दशकयता नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले ७५ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) कामदार लेबर भिसामा विदेशिएको देखाएको छ।

औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा विदेशिने करिब साढे ६१ लाख जनशक्तिमध्ये दक्ष २.५ प्रतिशत, अर्धदक्ष २१.५ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेको मन्त्रालयको अध्ययनमा उल्लेख छ।

काममा दक्ष नभएका कारण विभिन्न देश पुगेका नेपालीले समस्या झेल्नु परेको छ। अदक्ष भएकै कारण कतिपयको अंगभंग भएको छ भने बिरामी तथा मृत्यु हुनेको संख्या पनि उच्च छ।

प्रकाशित मिति: : 2021-03-31 09:29:00

प्रतिकृया दिनुहोस्