बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र 'पठान' आउँदैछ।
जुन् शाहरुखको बहुप्रतिक्षित चलचित्र मानिएको छ। यशराज ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा उनले १०० करोड पारिश्रमिक बुझेको छन्।
बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र छन्। चलचित्र समीक्षक उमैर सन्धूले एक ट्विट गर्दै ‘पठान’का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताएका थिए।
चलचित्रमा शारुखको अलावा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदै छन्।