‘ओलीजीलाई उहाँको विरोधमा नजाने वचन दिएको छु’ 

हिमाल खबर

काठमाडौँ

सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणको खेल शुरू भयो। सर्वोच्चले २३ फागुनमा साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने फैसला गरेपछि भने सत्ता समीकरणको जोडघटाउ पनि अलमलमा परेको छ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। बहुमतका लागि आवश्यक १३८ सिट पुर्‍याउन उसलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मध्ये एकको साथ चाहिन्छ। प्रतिनिधि सभामा ६३ सीट रहेको प्रमुख प्रतिपक्षी कांग्रेस तत्कालै एमालेसँग सत्ता समीकरण गर्ने पक्षमा छैन। ५४ सांसद रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन जुनसुकै बेला फिर्ता लिने बताउँदै आएको छ। यस्तो अवस्थामा ३४ सीट रहेको जसपाको समर्थन एमाले नेतृत्वको सरकार जोगाउन पर्याप्त हुन्छ। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू जसपासँग सत्ता समीकरण हुने सम्भावना बलियो रहेको बताउँछन्। जसपाको माग अनुसार रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा टोली बनाएर वार्ता अघि बढाइसकेको छ। त्यसो भए जसपा एमालेसँग सत्ता गठबन्धन गर्न तयार भइसकेको हो? यो प्रश्न हिमालखबरले जसपाका पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरलाई सोधेको छ। सन्त गाहा मगर र सजना बरालले ठाकुरसँग गरेको संवादको सम्पादित अंश :
 

प्रकाशित मिति: : 2021-03-30 21:47:00

प्रतिकृया दिनुहोस्