कार चोरहरु पक्राउ

File photo
File photo

कार चोरेर भाग्दै गरेको अवस्थामा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का राजकुमार साह, संजीव यादव र वडा नम्बर १ का अनिल मण्डल रहेका छन्। 

सोमबार राति बटेश्वर गाउँपालिका ३ कोइरियानी टोल रामचन्द्र महतोको घरमा पार्किङ्ग गरी राखेको अवस्थामा बा ४ च ३९७५ नम्बरको सेन्ट्रो कार चोरी भएको थियो। 

लक तोडी कार चोरी भएको सूचना प्राप्त हुन साथ बटेश्वर प्रहरी चौकीका इन्चार्ज भैइरव बहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाहीको लालबन्दीबाट कारसहित उनीहरुलाई पक्राउ गरेको छ। 

कार चोरेको आरोपमा प्रक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-03-30 20:12:00

प्रतिकृया दिनुहोस्