दुषित हावाको दुश्चक्र : चर्को मूल्य चुकाउनै बाँकी छ

आयोमेल

काठमाडौँ

गत शुक्रबारदेखि काठमाडौं खाल्डोमा निसास्सिएको घाम अझैं तंग्रिन सकेको छैन। घामका किरणमाथि ‘बिर्को’ बनेर धुम्मिएको प्रदुषण झन्-झन् बाक्लिन थालेको छ। 

बेला बेला झुल्किन खोज्ने घाम पनि क्षणमै निरीह बन्छ र निन्याउरो भएर आकाशगंगामा बाक्लिएको प्रदुषणमै बिलिन हुन्छ। यो कहिलेसम्म हुन्छ? जल तथा मौसम विज्ञान विभागले ‘केही’ दिनसम्म रहने अनुमान त गरेको छ। तर, उसको अनुमानअनुसार यो प्रदुषणको ‘बादल’ फाट्ने छाँट भने देखिँदैन। बरु दिन दिन स्वास्थ्यमा समस्याहरू थपिन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौंको ‘भिजिबिलिटी’ निकै कम छ। अर्थात् स्वस्थ आँखाले काठमाडौंमा मुस्किलले हजार मिटरसम्म देख्न सकिन्छ। त्यो पनि मधुर दृश्य। त्यसैका कारण शुक्रबारदेखि नै हवाइ उडानहरू अवरुद्ध भएका छन्। 

प्रकाशित मिति: : 2021-03-29 23:10:00

प्रतिकृया दिनुहोस्