अनुहार चम्काउन नुन !

Times of India
Times of India

अरूको तुलनामा आफू राम्री देखिनु अधिकांश युवतीको चाहना हुन्छ। त्यसका लागि युवती महँगा सामग्रीहरू किन्ने गर्दछ l तर महँगो सामग्रीको प्रयोग फेशमा गर्नु भनेको आफैले समस्या उत्पन्न गर्नु हो l 

किनकि यस्ता सामग्री झनै अनुहारलाई बिगार्ने गर्छ। त्यसैले यस्ता सामग्री प्रयोग गर्नु उचित हुँदैनl यदी वास्तवमै सुन्दर देखाउन चाहने हो भने भान्सामा नियमित प्रयोग हुने नुनको प्रयोग गर्नुहोस्l जसले अनुहारलाई आकर्षित देखाउन मदत गर्दछ l 

यदि तपाईँ नियमित जसो नुनलाई आफ्नो फेश आकर्षित बनाउनका लागि प्रयोग गर्नुहुन्छ भने यसले तपाइको डण्डीफोर जस्ता समस्याबाट पनि मुक्त गराउँदछ l साथै यस उपाय महिला तथा पुरुष दुबैले अपनाउन सकिन्छ। 

हामीले नियमित भान्सामा प्रयोग गर्ने नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो। जसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ र अनुहारलाई आकर्षित बनाउन मदत गर्दछ। 

यदि तपाईँ सुन्दर देखिन चाहनुहुन्छ भने नुन र महलाई मिश्रण गरी आफ्नो अनुहारमा लगाउनुहोस् l जसले गर्दा छालालाई नरम बनाउनका साथै अनुहारलाई चम्काउँदछ। 

अनुहार आकर्षित बनाउनका लागि नुनको प्रयोग गर्दा छालालाई नरम बनाएर चम्किलो देखिनका साथ साथै यसले ब्याक्टेरियाको नाश गर्छ। 

प्रकाशित मिति: : 2021-03-28 21:51:00

प्रतिकृया दिनुहोस्